सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आउदै गरेको १७ औं बार्षिकोत्सवलाई मध्यनजर गर्दै यही चैत्र १७ गते शनिबार निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गरेको छ । बैशाख ७ गते बैंकको बार्षिकोत्सव हो ।

बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनी शाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गण्डकी प्रदेश बेनी नगरपालिका वडा नं ६ अर्थुङेमा स्थानिय बेनी सञ्जिविनी हेल्थ क्लिनिक संगको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षणका साथै निःशुल्क औषधी वितरण गरको छ ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेत जिल्ला, बराहताल गिरीघाटमा स्थानिय जि.पि.मेमोरियल नर्सिङ होम संगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरहरुमा करिब ३०० जना भन्दा बढी व्यक्तिहरुले सेवा लिएको थियो । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।

गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ ।

सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।