मंगलबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको अमेरिकी डलरको भाउ मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोको खरिद दर १४३ रुपैयाँ ५८ पैसा र बिक्री दर १४४ रुपैयाँ २८ पैसा रहेको छ । सोमबार युरोको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको थियो ।
यसैगरी, मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७१ पैसामा कारोबार भइरहेको छ ।
यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७८ पैसा र बिक्री दर ८७ रुपैयाँ १७ पैसा रहेको छ ।
मंगलबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १६ पैसा र बिक्री दर २८ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५० पैसा र बिक्री दर ३५ रुपैयाँ ६६ पैसा रहेको छ । मंगलबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९१ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया