सुनको भाउ रेकर्ड मूल्यबाट घट्यो


सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ । सोमबार १ हजार ६०० रुपैयाँ बढेर रेकर्ड मूल्य कायम गरेको सुनको भाउ मंगलबार ४०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुनको भाउ १ लाख ३१ हजार २०० रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुनको भाउ १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार २५६ दशमलव ७६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव ३४ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० चैत २०८०, मंगलबार  १० : ४१ बजे