पाँच दिन स्थिर रहेको डलरको भाउ बुधबार घट्यो


पाँच दिन स्थिर रहेको अमेरिकी डलरको भाउ बुधबार घटेको छ । गत शुक्रबार खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको अमेरिकी डलरको भाउ बुधबार सामान्य घटेको हो ।

बुधबार अमेरिकी डलरको भाउ खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा रहेको छ ।

यसैगरी, बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसामा कारोबार भइरहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५४ पैसा र बिक्री दर ८६ रुपैयाँ ९३ पैसा रहेको छ । बुधबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ र बिक्री दर २८ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४९ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको छ । बुधबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८९ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ चैत २०८०, बुधबार  ०७ : ३७ बजे