साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले २ लाख ११ हजार ४७६ कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रकियाबाट बिक्रीमा ल्याएको हो ।
सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ३३० रुपैयाँ रहेको छ । सेयरको मूल्यमा आजदेखि बैशाख २५ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको सेयरमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाण्डौं, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड बिर्तामोड-झापा, इटहरी-सुनसरी बर्दिबास, महोत्तरी, हेटौंडा- मकवानपुर, गजुरी-धादिङ, पोखरा-कास्की , बुटवल-रुपन्देही,नेपालगञ्ज-बाँके ,वीरेन्द्रनगर-सुर्खेत , लहान-सिराहा ,अत्तरिया-कैलालीबाट आवेदन दिन सकिने छ ।
बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता सङ्ख्या, प्रति कित्ताको दर रेट अङ्क र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अङ्क र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । धेरै नै केरमेट भई कबुल गरेको मूल्य रकम नबुझिने गरी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन ।
शेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम चार हजार कित्ता शेयरको लागि आवेदन दिन सकिनेछ । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा सम्बन्धित नियमनकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम सङ्ख्या सीमाभन्दा बढी नहुने गरी आवेदन पेश गर्नुपर्नेछ र दशमलवमा (खण्डित रुपमा ) आउने गरी शेयर आवेदन गर्न पाइने छैन ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया