पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको आधारमा १ शेयर बराबर ०.५ का दरले (६३,२६,० कित्ता शेयरको ५० प्रतिशत ३१,६३,००० कित्ता ) हकप्रद शेयर निष्काशनको तयारी गरेको हो ।
कम्पनीले सेयर निष्काशनको प्रस्ताव पारित गर्न बैशाख १७ गते लिसारा बैडक्यौट हल, नक्साल, काठमाण्डौंमा बिहान १० बजे सभा बोलाएको छ ।
सभाले लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व. २०७८\०७९ र २०७१\०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु, २०८०\८१ लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लेखा परिक्षकको नियूक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विषयमा छलफल गर्ने छ ।
यस्तै सभाले संस्थापक समुहबाट १ जना महिला सहित ५ जना र सर्वसाधारण समुहबाट १ जना सञ्चालकको नियुक्ति\निर्वाचन गर्ने विषयमा पनि छलफल गर्ने छ ।
हकप्रद शेयर वितरण पश्चात् कम्पनीको पूँजी वृद्धि हुने भएकाले सो प्रयोजनका लागि पूँजी बृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीको संम्बन्धित दफाहरुमा संशोधन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्ने छ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया