सुनको भाउ रेकर्ड मूल्यबाट घट्यो, शुक्रबार कतिमा हुँदैछ कारोबार ?


सुनको भाउ रेकर्ड मूल्यबाट घटेको छ । बिहीबार एक हजार रुपैयाँ बढेर रेकर्ड कायम गरेको सुनको भाउ शुक्रबार १ हजार ३०० रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाला सुनको भाउ १ लाख ३२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३४ हजार  रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार २७८ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६ दशमलव ५५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ चैत २०८०, शुक्रबार  १० : ३६ बजे