सुनको भाउले यो साता पनि नयाँ रेकर्ड कायम गरेको छ । अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको मुल्यमा देखिएको मजवुति, द्धन्द तथा चिनले सुनमा बढाएको लगानी लगायतका कारणले सुनको मुल्य उचाइमा पुगेको हो ।
सुनको भाउ गत साता पनि नयाँ रेकर्ड कायम गरेको थियो । साताको पहिलो दिन आइतबारको तुलनामा सोमबार पनि मुल्य बढेकोमा मंगलवार सामान्य घटेर बुधबार देखि पुनः बढेर विहिबार हालसम्मकै उच्च अर्थात प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेर रेकर्ड मुल्य कायम गर्यो ।
साताको अन्तिम कारोबार भएको दिन शुक्रबार भने मुल्य सामान्य घटेर प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँमा कायम भएको छ ।
शुक्रबार १० ग्राम सुनको भने १ लाख १३ हजार ७ सय कायम भएको छ । शनिबार पनि शुक्रबारकै भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चीनले सुनमा लगानी बढाएकोले अर्को साता पनि सुनको मुल्य बढ्ने व्यवसायीहरु बताउँछन् । आज तेजावी सुन १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, यो साता नेपाली बजारमा चाँदीको मुल्यले पनि रेकर्ड कायम गरेको छ । साताको पहिलो कारोबार दिन आइतबार १ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदी साताको अन्तिम कारोबार दिन १ हजार ६१५ रुपैयाँ पुगेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया