प्रभु बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकले वैशाख २० गते बिहिवार, आफ्नो केन्द्रीय कार्यालय, बबरमहलमा बिहान १० बजे सभा बोलाएको हो ।
सभाले आ.व. २०७९\०८० को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विण उपर छलफल गरी पारित गर्ने लगायतका छलफल पारित गर्ने छ ।
यस्तै, सभाले २०८०\०८१ का लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया