नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्राली आर्थिक बर्ष २०७८\२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।
नेपाल उघोग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्राली सम्मानित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शन प्राली की सेल्स तथा मार्केटिङ् डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।
गत वर्ष पनि सोही विधामा सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित यस कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको र मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याईरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया