शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । बिहीबार खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको अमेरिकी डलरको भाउ आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४२ रुपैयाँ ५३ पैसा र बिक्री दर १४३ रुपैयाँ १७ पैसा रहेको छ । बिहीबार युरोको खरिद दर १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९१ पैसा रहेको थियो ।
यसैगरी, शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसामा कारोबार भइरहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६५ पैसा र बिक्री दर ८७ रुपैयाँ ०४ पैसा रहेको छ । शुक्रबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९७ पैसा र बिक्री दर २८ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४० पैसा र बिक्री दर ३५ रुपैयाँ ५६ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७० पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८५ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया