हायर पर्चेज कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्ने लगायत नाडाले अर्थमन्त्रीलाई दियो २० बुंदे सुझाव

0
Shares

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री बर्षमान पुनसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ ।

उक्त भेटघाट तथा छलफलमा नाडाले बैंक तथा वित्तिय निकायहरुलाई अटोमोवाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशत कायम गर्ने र हाल कायम रहेको २५ लाखको क्यापलाई ५० लाख कायम गर्न माग गरेको छ ।

अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरु ल्याउन आग्रह गर्दे नाडाले आर्थिक बर्ष २०८१र८२ का सन्दर्भमा तयार गरेको सुझावहरु समेत पेश गरे । यसै छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उपे्रतीले नेपालको अटोमोवाइल व्यवसायको उत्थानका लागि आवश्यक हुने २० बुंदे नीतिगत सुझावहरु समेत प्रस्तुत गरेका थिए ।

उक्त छलफलको क्रममा मेक इन नेपालको अवधारणा अनुसार आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनालाई मध्यनजर गर्दै देशलाई औद्योगिकीकरणतर्फ अग्रसर गराउन सरकारसँग माग गरेको छ । अटोमोवाइल व्यवसायीहरुले अत्यधिक रुपमा सवारी साधनहरु उत्पादन गर्ने सिकेडी प्लान्ट स्थापना गर्दै लगेको र औद्योगिक लगानीलाई सुरक्षित गर्न तथा उद्योगिहरुको मनोबलमा वृद्धि नीतिगत व्यवस्था गर्न अर्थमन्त्रीसँग नाडाको प्रतिनिधिले माग रोखेका थिए ।

अन्तःशुल्क महशुलमा दिइएको छुटको व्यवस्था लामो समयसम्म कायम गर्न ऐनमै राख्ने व्यवस्था हुनु पर्ने र यस्तो व्यवस्था भएमा उद्यमीहरुलाई उद्योग स्थापना गर्न प्रोत्साहन हुने व्यवस्था गर्न सुझाव राखेका थिए । सरकारले सवारी साधनहरुको नेपाल मै उत्पादनका लागि प्रोत्साहीत गर्न महशुल दरमा परिवर्तन नगर्दा दिर्घकालिन नीति तयार गर्नु सहज हुनेछ भन्ने सुझाव दिएका थिए ।

त्यसैगरी, त्यस्तै पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालू रेसियोमा हाल ५० प्रतिशतको सिमा तोकिएको छ । जसले गर्दा अटोमोवाइल व्यवसाय गम्भिर रुपले प्रभावित बनेकोले लोन टू भ्यालु ५० प्रतिशत बढाएर ७५ प्रतिशत। पु¥याउनु पर्ने सुझाव राखिएकोमा यसबारे सरकारले गम्भिरतापूर्वक विचार गर्ने बताए ।

खुल्ला सीमानबाट नेपाली बजारमा स्पेयर पार्टस, टायर तथा लुव्रिकेण्टसको अनधिकृत रुपमा आयातलाई निरुत्साहित गर्न सरकारसँग माग गरेको छ । छलफलको अन्त्यमा माननीय अर्थमन्त्री पुनले नाडाकोतर्फबाट राखिएका नीतिगत विभिन्न सुझावहरुप्रति जिज्ञासा र चासो राख्दै ती सुझावहरुका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने बताए । उक्त छलफलमा नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साह, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।