भक्तपुरका लेखक श्रीराम खाइजूको वेपता अवधिको संस्मरण समेटिएको पुस्तक यमलोकको यात्रा आइतबार एक कार्यक्रमवीच सार्वजनिक गरिएको छ ।
पुस्तकको समाजसेवी डा इन्दुल केसी, संविधान सभा सदस्य खिमलाल देवकोटा, बागमति प्रदेश सासद देवेन्द्र श्रेष्ठ, भक्तपुर नागरिक समाजका संयोजक डा जीवन घिमिरे र लेखक खाइजू स्वयमले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
पुस्तक एक सय ४८ पृष्ठको छ । पुस्तकको प्रकाशन नन् स्टप मिडियाले गरेको छ । पुस्तकको मूल्य व्यक्तिगत दुई सय ५० र संस्थागत पाँंच सय तोकिएको छ । पुस्तक विभिन्न उपशीर्षकहरुमा खण्डखण्डमा लेखिएको छ ।
पुस्तक विमोचन, नयाँं वर्षको शुभकामना आदानप्रदान तथा साहित्य वाचनका साथ भएको कार्यक्रमको आयोजना भक्तपुर नागरिक समाजले गरेको थियो । कार्यक्रमको क्रममा विभिन्न साहित्यकारहरुले कविता वाचन गरेका थिए । सञ्जीव शुभचिन्तक, आयोजक भक्तपुर नागरिक समाजका सचिव रामकृष्ण देउजालगायतको सहभागिता रहेकने थियो ।
कार्यक्रममा लेखक खाइजूले तत्कालीन जनयुद्धका पक्षमा आफू रहँदा पाएका यातनाको फेहरिस्त पुस्तकमा प्रस्तुत गर्न खोजेको प्रष्ट पारे । परिवर्तन सजिलै भएको ठान्ने र निराशा मात्र बाढ्ने नयाँ पुस्ताका लागि आफ्नो पुस्तकले बैचारिक दृढता, राजनीति संघर्ष, त्याग, बलिदान र क्रान्तिको पाठ पठाउन मद्दत मिल्ने उनले बिश्वास ब्यक्त गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया