इन्टरनेट सेवा प्रदायक क्लासिक टेकको नव वर्षमा ‘२५ महिना ढुक्क अफर’ !

0
Shares

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ।

यस अफरमा ग्राहक वर्गहरुले २०० एमबिपीएस वार्षिक जडानगर्दा २५ महिना सम्मको इन्टरनेट पाउने जानकारी गराइएको छ। जसमा १३ महिना इन्टरनेट र १३ महिना आइपीटिभी सर्भिसमा बोनस समेत हुने कम्पनीले दाबी गरेको छ।

२०० एमबिपीएस को वार्षिक जडान खर्च मात्र ५६६ प्रति महिना रहेको छ । यस अफरमा २५ महिना बोनसका साथै ५ गिगाहर्ज डुअल ब्यान्ड राउटर र स्मार्ट सेटटप बक्स पनि उपलब्ध गराइएको छ।

साथै कम्पनी २४ घण्टार ७ दिन नै सेवा सुविधा दिँदै आएको पनि जानकारी गराइएको छ । उक्त अफरमा अन्तर्गत जेडटिइ कम्पनिको राउटर र कारे टिभिको आइपीटिभी सर्भिस पाउने कम्पनीले जानकारी दिएको छ।

कम्पनिले ग्राहक वर्गलाई मध्यनजर गर्दै नयाँ जडानमा मात्र नभई आफ्ना पुराना ग्राहक वर्गका लागिपनि रिचार्ज अफर ल्याएको छ ।
साथै ग्राहकहरुले रिफर गरे बापत पनि थप २ महिना बोनस समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।