सिटिजन्स बैंकको १७ औं वार्षिकोत्सवमा छुट तथा क्यासव्याक योजना, नि:शुल्क डिम्याट खाता


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।

वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले वैशाख १ गते देखि वैशाख ३१ गते सम्म लागू हुने गरि विभिन्न सेवा सुविधामा छुट तथा क्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेको जनाएको छ । योजना अन्तर्गत डेविट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत १ हजार रुपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढिमा १७० रुपैयाँ क्यासब्याक दिइने विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुले पनि ५०० रुपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रुपैयाँ क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ । डिजिटल भुक्तानीको अर्को माध्यम इकमर्श कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इकमर्श कार्ड लिन चाहनेलाई निशुल्क रुपमा उपलब्ध गराउने बैंकको भनाई छ ।

त्यसैगरि बैंकले योजना अवधिभर ग्राहकहरुका लागि निशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । साथै बैंकका निष्कृय मोबाईल बैंकिङ्ग ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ १५० रुपैयाँ छुट प्रदान गरिने समेत बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले देशभरका १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।