साविक महालक्ष्मी लाईफका बीमितले ३५ देखि अधिकतम ५५ रूपैयाँसम्म बोनसदर पाउने

0
Shares

साविक महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड ( हाल प्रभु महालक्ष्मी लाइफ) का बीमतिले प्रतिहजार अधिकतम ५५ रूपैयाँसम्मको बोनस दर पाउने भएका छन् ।  कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर अनुसार आर्थिक वर्ष २०७९–८० को मुनाफामा सरिक हुने गरी बीमितले न्यूनतम प्रतिहजार ३५ रूपैयाँदेखि अधिकतम ५५ रूपैयाँसम्मको बोनस दर पाउने निर्धारण भएको छ ।

प्रभु लाइफ र महालक्ष्मी लाईफ मर्जर भई २०८० असार २९ गतेदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट कारोबार भैरहेको छ । आगामी वर्षदेखि एकीकृत बोनस दर सार्वजनिक गर्ने भएपनि गत आवको लागि भने दुबै कम्पनीेले छुट्टाछुट्टै बोनसदर सार्वजनिक गरेका हुन् । 

कम्पनीले विभिन्न सात प्रकारका बीमालेख योजनाहरु बिक्री गरेको छ । जसमध्ये महालक्ष्मी सरल जीवन बीमा योजनाको १६ देखि २५ वर्ष अवधिको बीमालेख खरिद गर्ने बीमितलाई आव २०७९–८० बाट कम्पनीले प्रतिहजार अधिकतम ५५ रूपैयाँसम्मको बोनसदर दिने भएको हो । सोही योजनाको ५ देखि १५ वर्ष अवधिको हकमा भने ५२ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी महालक्ष्मी सावधिक जीवन बीमा योजनाको ५ देखि १५ वर्षको बीमालेखमा ४५ रुपैयाँ, १६ देखि २५ वर्ष अवधिमा ४६ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिमा ५२ रुपैयाँ बोनसदर तोकिएको छ । यस्तै महालक्ष्मी जीवन हेरचाह बीमा योजनाको ५ देखि १५ वर्षको बीमालेखमा प्रतिहजार ५० रुपैयाँ र १६ देखि २५ वर्ष अवधिमा ५१ रुपैयाँ निर्धारण भएको छ। महालक्ष्मी बाल बचत बीमा योजनामा ५ देखि १५ वर्षको बीमालेखमा ३२ रुपैयाँ, १६ देखि २१ वर्ष अवधिमा ३५ रुपैयाँ र २२ देखि २५ वर्ष अवधिमा ३९ रुपैयाँ बोनसदर लागू गरिएको छ ।

यसैगरी महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनाको ५ देखि १५ वर्ष र १६ देखि २५ वर्ष अवधिमा समान ३५ रुपैयाँ तथा महालक्ष्मी धनधान्य बीमा योजनाको १५ वर्ष र २० वर्ष दुबैमा समान ४५ रूपैयाँ बोनसदर कायम भएको छ । यस्तै महालक्ष्मी सावधिक आजीवन बीमा योजनाको ५ देखि १५, १६ देखि २५र २६ देखि ३० वर्ष अवधिमा समान ३५ रूपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

कम्पनीले जारी गरेको बीमालेखमध्ये सर्वाधिक बोनसदर रहेको महालक्ष्मी सरल जीवन बीमालेखको १६ देखि २५ वर्ष अवधिका लागि १४७ ओटा जारी भएको छ भने ५ देखि १५ वर्ष अवधिका लागि ५०३ ओटा जारी भएका छन् ।

महालक्ष्मी सावधिक जीवन बीमा योजनाको ५ देखि १५ वर्ष अवधिसम्मको सर्वाधिक ८ हजार ओटा बीमालेख जारी भएको छ । यस योजना अन्तर्गत १६ देखि २५ वर्ष अवधिको लागि ७ हजार ५३२ ओटा बीमालेख जारी भएको छ । २६ देखि ३० वर्ष अवधिका लागि १७ ओटा जारी भएको छ ।

उल्लेखित बोनसदर २०८० साल असार मसान्तसम्म जारी भएको बीमालेखहरू सोही वर्षको मुनाफामा सरिक हुने कम्पनीको भनाई छ ।कम्पनीले कुल ३२ हजार ४७५ ओटा बीमालेख बिक्री गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।