सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकले आफ्नै भवनबाट सुरु गर्यो सेवा


माछापुच्छ्रे बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनबाट सेवा दिन थालेको छ ।

मंगलबार एक औपचारिक कार्यक्रमका बीच सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसंीले उक्त भवनको उदघाटन गरेका हुन् ।

सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँले माछापुच्छ्रे बैंकलाई अझै उचाईमा लग्न शुभकामना दिएका थिए ।

बैंकका अध्यक्ष रोशन केसीले बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउन्े लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा हर्ष लागेको बताए । बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनै कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।