अन्तरदेशीय क्यूआर मार्फत नेपाल भित्रिने पैसाको सीमा नहुने, सेवा शुल्क प्रतिस्पर्धाका आधारमा

0
Shares

नेपाल राष्ट्र बैंकले अन्तरदेशीय विदुतीय भुक्तानी मार्फत नेपाल तर्फ भुक्तानी गर्दा कुनै सीमा कायम नगर्ने प्रस्ताव गरेको छ । अन्तरदेशीय भुक्तानी कारोबारका लागि क्यूआर प्रयोग गरी मोवाइ/इन्टरनेट बैंकिङ तथा अन्तरबैंक रिटेल पेमेन्ट सम्बन्धी व्यवस्थाको मस्यौदा तयार गरी नेपाल भित्रिने भुक्तानीमा सीमा नराखेको हो ।

केन्द्रीय बैंकले एक महिनाको समय दिएर सुझाब मागेको उक्त मस्यौदामा क्यूआर कोड मार्फत हुने सम्पूर्ण अन्तरदेशीय रिटेल पेमेन्ट कारोबारहरु अनिवार्य रुपमा राष्ट्रिय भुक्तानी स्वीचमार्फत हुने व्यवस्था गरिने उल्लेख छ । हाल आ–आफ्नो स्वीच प्रयोग गरिरहेका भुक्तानी प्रणाली संचालक वा बैंक तथा वित्तीय संस्थालाई राष्ट्रिय भुक्तानी स्वीचमा जोडिन समय उपलब्ध गराउने केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी नयाँ व्यवस्था लागु भएको ३ महिनाभित्र राष्ट्रिय भुक्तानी स्वीचमा आवद्ध हुने कार्ययोजना केनद्रीय बैंकमा बुझाउनु पर्नेछ ।

अन्तरदेशीय भुक्तानी कारोबारका लागि क्य आर कोड लगायतको प्रयोग गरी मोबाइल बैंकिङ्ग/इन्टरनेट बैंकिङ्ग तथा अन्तरबैंक भुक्तानीमार्फत गरिने रिटेल पेमेन्टमा सर्वसाधारण ग्राहकलाई लाग्ने सेवा शुल्क बजार संरचनाबाटै निर्धारण हुने मस्यौदामा उल्लेख छ । तर, आवश्यक परेको खण्डमा केन्द्रीय बैंकले सेवा शुल्कमा नियमन गर्न सक्ने व्यवस्था मस्यौदामा गरिएको छ ।

अन्तरदेशीय भुक्तानी कारोबारका लागि क्यू आर कोड लगायतको प्रयोग गरी मोबाइल बैंकिङ्ग/इन्टरनेट बैंकिङ्ग तथा अन्तरबैंक भुक्तानीमार्फत नेपालमा गरिने भुक्तानीको रकम सम्बन्धी सीमाको तोकिने छैन । त्यस्तो उपकरण जारी गर्ने सम्बन्धित देशले नै आवश्यकतानुसार रकमको सीमा समेत निर्धारण गर्न सक्ने हुँदा सीमा कायम गर्न आवश्यक नभएको केन्द्रीय बैंकले जनाएको छ । विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र–२०८० को “सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था” पालना हुने गरी नेपाल भित्रिने रकम सम्बन्धमा सीमा नराखिएको केन्द्रीय बै.कले जनाएको छ ।

मस्यौदा अनुसार भारतमा भुक्तानी गर्दा एकै पटक वा पटक पटक गरी प्रति महिना भा.रु. एक लाखसम्मेको सीमा तोकेको छ । तर, होटल, हस्पिटल र औषधि पसलमा गरिने भुक्तानीको हकमा सीमा लागू नहुने व्यवस्था समेत मस्यौदामा उल्लेख छ । परिवत्र्य विदेशी मुद्रामा भुक्तानी हुने हकमा विद्यमान प्रयोजन अनुसारको सटही सुविधाको सीमासम्म विदेशी मुद्राको खाता हुनेको हकमा नेपालभित्रै बसी नेपालमै उपभोग गर्ने उद्देश्यले वार्षिक अमेरिकी डलर २ हजार र नेपाली रुपैयाँ मौज्दातलाई सटही गरी वार्षिक अमेरिकी डलर ५ सयको सीमा कायम गरेको छ ।

बैंकबाट भुक्तानी सम्बन्धी कारोबार गर्न अनुमति प्राप्त संस्थाहरुले भुक्तानी सम्बन्धी कारोबार गर्ने विदेशी संस्थासँग गर्ने मोबाइल बैंकिङ, क्यूआर कोड लगायत रिटेल पेमेन्ट उपकरणहरूको प्रयोग र इन्ट्रीगेसनको सम्बन्धमा प्रारम्भिक छलफलको लागि केन्द्रीय बैंककोे स्वीकृति आवश्यक पर्ने छैन । तर, यस बैंकको भुक्तानी प्रणाली विभागलाई सो विषयको पूर्व जानकारी लिखित रूपमा गराउनु पर्ने मस्यौदामा उल्लेख छ । अनुमतिप्राप्त संस्थाहरुले मोबाइल बैंकिङ, क्यूआर कोड लगायत रिटेल पेमेन्टको इन्ट्रिग्रेसनको लागि विदेशी संस्थासँग समझदारी पत्र गर्न भने केन्द्रीय बैंकको पूर्व सहमति लिनु पर्नेछ । अनुमति प्राप्त संस्थाहरुले विदेशी संस्थासँग आवद्ध भई मोबाइल बैंकिङ, क्इाूआर कोड उपकरण प्रयोग गरी आफ्नो प्रणालीलाई अन्तरदेशीय प्रणालीसँग आबद्ध गरी कारोबार सञ्चालनको लागि मुख्य सम्झौताको स्वीकृति केन्द्रीय बैंकबाट लिनु पर्ने व्यवस्था मस्यौदामा छ ।

अन्तरदेशीय कारोबार गर्न सकिने मुलुक, विदेशी मुद्रा, भुक्तानीका उपकरण, रकमको सीमा, विदेशी विनिमय कारोबारको प्रयोजन लगायतका विषय सम्बन्धमा हुने नीतिगत व्यवस्था केन्द्रीय बैंकले तोके अनुसार हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।