सूर्यज्योति र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै कम्पनीले बैशाख ७ गते बुकक्लोज गर्दैछ ।

जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले होटल हैरिसन प्यालेस, विराटनगर, वैशाख महिना २१ गते बिहान १० बजेका लागि सभा बोलाएको छ । सभाले चुक्ता पूँजीको २४.७४ प्रतिशतका दरले हुन आउने नगद लाभांश र १०.२६ प्रतिशतका दरले हुने बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

यस्तै, प्रभु इन्स्योरेन्सल केन्द्रिय कार्यालय प्रभु कम्प्लेक्स, तिनकुने, काठमाण्डौमा वैशाख २० गते बिहिबार विहान १० बजे सभा बोलाएको हो । कम्पनीको हालको चुक्तापुँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैंया बराबरको ०.२५ प्रतिशत नगद लाभांश र ४.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।