तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, चालु आवमा साढे ५ अर्ब उठ्यो


चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा पाँच अर्ब ५९ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म आठ अर्ब ५६ करोड रुपैयाँ सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए ।

नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए । पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उनको भनाइ छ । उनले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ वैशाख २०८१, बिहीबार  १४ : ५९ बजे