सरकारले ऋणीलाई च्याप्दा झनै बढ्यो बैंकहरुको खराब कर्जा, लक्ष्मी सनराइज बैंकको साढे ५ प्रतिशत

0
Shares

सरकारले ऋणीलाई थप पीडा नदिने नीति लिदाँ बैंकहरुको खराब कर्जा झनै बढेको छ । बैंकहरुले समयमा कर्जा असुल नभएपनि धितो बिक्री वा सकार गर्ने प्रक्रियामा सरकारी संयन्त्रको असहयोगले खराब कर्जा झनै बढेको हो ।

कोरोना महामारी र अर्थतन्त्रमा आएको मन्दीको समस्याले ऋणीले कर्जा तिर्न सकेका छैनन् । ऋणी पुरानो कर्जा तिर्न नसक्दा नयाँ कर्जा प्रबाह समेत बढ्न सकेको छैन । कर्जा तिर्नका लागि कर्जा तथा अनुत्पादन क्षेत्रको लगानी निरुत्साहित गर्ने नेपाल राष्ट्र बैंकको नीतिले पनि खराब कर्जा बढ्न मद्दत पुगेको हो । केन्द्रीय बैंकले बैंकहरुलाइ कर्जा तिर्नका लागि कर्जा र अनुत्पादक भनिएका क्षेत्रको लगानी निरुत्साहित गर्दा कर्जाको मागमा समेत कमी आएको छ ।

बैंकहरुले कर्जा डिफल्ट भएपछि धितो बिक्री गरेर वा सकारेर खराब कर्जाको अंश घटाउन खोजेका थिए । तर,समस्यामा परेका ऋणीलाई थप पिडा नदिने भन्दै सरकार मातहतका निकायले बैंकहरुलाई धितो बिक्री वा सकार गर्न असहयोग गरेपछि खराब कर्जा बढेको हो । बैंकहरुले कर्जा नउठ्ने पक्का भएपछि कानुनी प्रक्रिया अनुसार धितो बिक्री वा सरकार गर्न खोज्दा स्थानीय तह र मालपोत कार्यालयले असहयोग गरेपछि कर्जा असुलीको प्रक्रिया प्रभावित भयो । कर्जाको माग नभएका कारण लगानी वढाउन नसकेका बैंकहरुले असुलीलाई प्राथमिकतामा राखेका थिए । असुलीमा पनि धितो बिक्री वा सरकार गर्न असहयोग भएपनि झनै दबाबमा बैंकहरु देखिएका छन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरु विरुद्धको गतिविधिले कर्जा असुलीमा समेत समस्या पर्यो । ऋणीले कर्जा नतिर्ने र सरकारले पनि ऋणीलाई सहयोग गर्दा आफुहरु अफठ्यारोमा परेको बैंकहरुको गुनासो छ । धितो बिक्री गरेर वा सरकार गरेर कर्जा असुली गरी खराब कर्जा घटाउन खोजेको भएपनि सफल हुन नसकेको एक बैंकरले बताए ।

चालु आर्थिक वर्षको चैतसम्ममा वाणिज्य बैंकहरुको औसत खराब कर्जा ३.६५ प्रतिशत पुगेको छ । चालु आवको पुस मसान्त सम्ममा बैंकहरुको औसत खराब कर्जा ३.३९७ प्रतिशत रहेको थियो । त्यसैगरी गत आर्थिक वर्षको चैतसम्ममा बैंकहरुको औसत ३.०१७५ प्रतिशत रहेको थियो ।

खराब कर्जा बढदैमा जोखिम बढ्ने भन्दा पनि खुद खराब कर्जाको अंशलाई ध्यान दिनुपर्ने हुन्छ । अधिकांश बैंकले त्रैमासिक रुपमा प्रकासीत गर्ने वित्तीय विवरणमा खुद खराब कर्जालाई उल्लेख गरेका छैनन । बैंकहरुले नाफाबाट खराब कर्जामा शतप्रतिशत नोक्सानी व्यवस्था गरेका हुन्छन । तर, खुद खराब कर्जा भनेको बैंकहरुले नोक्सानी व्यवस्था नगरेको कर्जा हो । खुद खराब कर्जा बढेको खण्डमा जोखिम व्यवस्था नभएकाले समग्र संस्था वा प्रणालीलाई जोखिम हुन्छ । केन्द्रीय बैंकका अनुसार पुसमसान्तसम्ममा बैंकहरुको औसत खुद खराब कर्जा १.१३ प्रतिशत मात्र छ ।

बैंकहरुले कर्जा दिदाँ देखि नोक्सानी व्यवस्था गर्नु पर्छ । कर्जाको सावाँ ब्याज भूक्तानी हुन नसकी शतप्रतिशत कर्जा नोक्सानी गरेपछि मात्र त्यसलाई खराब कर्जामा वर्गिकरण गर्छन । खराब कर्जामा वर्गिकरण भएको कर्जालाई बैंकहरुले धितो लिला बिक्री गरेर वा धितो अफैले सकार गरेर सेटल गर्छन । यसरी पनि कर्जा नउठेको खण्डमा बैंकहरुले कर्जाको अपलेखन गर्छन । पछिल्लो समयमा बैंकहरुले खराब कर्जा घटाउन धितो सकार गरी गैर बैंकिङ सम्पत्ति बढाउदै आएका छन भने कर्जा अपलेखनलाई पनि बढाएका छन् । तर, पछिल्लो समयमा मालपोत कार्यलयको असहयोगले बैंकहरुले धितो सकार गर्ने क्रममा भने कमी आएको छ । त्यसकारण गैर बैंकिङ सम्पत्तिमा पनि कमी आएको छ ।

चालु आवको पुसम्ममा १० वाणिज्य बैंकको खराब कर्जाको अंश ४ प्रतिशत भन्दा माथि पुगेको छ । तर, लक्ष्मी सनराइज बैंकको भने ५.४९ प्रतिशत रहेको छ । खराब कर्जा ५ प्रीतशत भन्दा माथि भएका बैंकहरुले संस्थागत निक्षेप लिन सक्दैनन । संस्थागत निक्षेप कर्ताहरुले मापदण्ड नै बनाई खराब कर्जा ५ प्रतिशत भन्दा माथि भएको संस्थालाई निक्षेपका लागि बोलन नगर्न नै भनेका हुन्छ । सो मापदण्ड अनुसार आगामी दिनमा लक्ष्मी सनराइज बैंकले संस्थागत निक्षेप लिन पाउने छैन ।

चालु आवको दोस्रो त्रैमासको तुलनामा तेस्रोमा १२ बैंकहरुको खराब कर्जा बढेको छ । त्यसैगरी ७ बैंकहरुले पुसको तुलनामा चैतमा खराब कर्जा केही घटाएका छन् । तर, एनएमबी बैंकको भने खराब कर्जा भने यथावत छ । चैत अन्तिमसम्ममा सबैभन्दा थारै खराब कर्जा हुने बैंकमा एभरेष्ट बैंक रहेको छ । सो अवधिमा बैंकको खराब कर्जा ०.७० प्रतिशत मात्र रहेका छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।