यूनाइटेड अजोड इन्स्योरेन्सको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


मल्टीपर्पस फाइनान्स लिमिटेडको संस्थापक शेयरधनी यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो नाममा रहेको २ लाख ५० हजार ९७१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

इन्स्योरेन्सले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको हो । सेयर खरिदको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ ।
यो पटकको लिलामीमा संस्थापक सेयरधनी बाहेकका व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन पाउने छैनन् ।

संस्थापक सेयरधनीले आज बैशाख १० गतेदेखि ३५ दिनभित्र मल्टीपर्पस फाइनान्सको कम्पनी सचिवको कार्यालयआवेदन दिन सक्ने छन् । संस्थापक शेयरधनीबाट निवेदन पेश हुन नआएमा उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गर्ने सम्बन्धी आवश्यक कारवाही अघि बढाईने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।