सिद्धार्थ बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख १० हजार ३०७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदको लागी संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकतामा राखिएको छ । संस्थापक सेयरधनीबाट उक्त कित्ता सेयर बिक्री नभएमा भने अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्रि गरिने बैंकले जनाएको छ ।

इच्छुक संस्थापकले आजको मितिदेखि ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् । सेयरको न्यूनतम मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।