घट्यो अमेरिकी डलरको भाउ, युरोमा पनि गिरावट


मंगलबार अमेरिकी डलरको भाउमा गिरावट आएको छ । सोमबार खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको अमेरिकी डलर मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोको खरिद दर १४१ रुपैयाँ ५७ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको छ । सोमबार युरोको खरिद दर १४२ रुपैयाँ र बिक्री दर १४२ रुपैयाँ ६३ पैसा रहेको थियो ।

यसैगरी, मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ९३ पैसा र बिक्री दर १६४ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६४ पैसा र बिक्री दर ८६ रुपैयाँ ०३ पैसा रहेको छ । मंगलबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८५ पैसा र बिक्री दर २७ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा रहेको छ । मंगलबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६८ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।