लगानी प्रवर्द्धनार्थ भएको कानुनी सुधार स्वागतयोग्य रहेको महासंघको धारणा


लगानी सम्मेलनको सम्मुखमा सरकारले लगानी प्रवर्द्धनका लागि सरकारले १२ कानुन र नियमावलीमा अध्यादेश मार्फत भएको संसोधनको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।

कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण वन्ने विश्वास गर्न सकिनने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही बैशाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनलाई लक्षित गरि निजी क्षेत्रको आग्रहमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, वन ऐन, भुमि सम्बन्धि ऐन लगायतका कानुमा संसोधन गरेको छ । नया व्यवस्थाले वातावरणीय प्रभाव मुल्यांकन, हदवन्दी लगायतका बिषयलाई सम्बोधन गरेको छ ।

महासंघको पहलमा नियमावली बनाइ स्टार्ट अपको परिभाषा दिने विषय पनि ऐन संसोधनमा परेकोमा महासंघले खुशी व्यक्त गरेको छ । प्रधानमन्त्री कार्यालका तत्कालीन सचिव एक नारायण अर्यालको संयोकत्वमा गठित नीतिगत सुधार कार्यदलको सुभाव अनुरुप ऐन नियममा संसोधन भएको हो । जसमा महासंघको सक्रिय सहभागिता रहेको थियो । अध्यादेशबाट पारित कानुनी व्यवस्थालाई संसदले पनि अनुमोदन गर्ने महासंघले विश्वास व्यक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।