कृषि बिमा तथा दाबी भुक्तानी नरोक्न प्राधिकरणको निर्देशन


नेपाल बिमा प्राधिकरणले कृषि तथा पशुपक्षी बीमा व्यवसाय तथा दाबी भुक्तानी नरोक्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । नेपाल बिमक संघबाट ०८१ बैशाख १२ गते जारी कृषि बिमासम्बन्धी विज्ञप्तिबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको यस प्राधिकरणको जनाएको छ ।

बिमा कम्पनीहरूले कृषि बिमामा अनुदानबापतको रकम सरकारबाट नआएको भन्दै बीमा व्यवसाय नगर्ने भन्दै सूचना जारी गरेका थिए ।

प्राधिकरणले अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग बारम्बार समन्वय तथा पहल भइरहेको बताउँदै बिमा व्यवसाय तथा दाबी भुक्तानी सुचारु गर्न निर्देशन दिएको हो । प्राधिकरणको निर्देशनमा भनिएको छ,‘निकट भविष्यमा रकम प्राप्त हुने नै हुँदा तत्काल उक्त विज्ञप्ति फिर्ता लिई कृषि तथा पशुपन्छी बिमा व्यवसाय तथा दाबी भुक्तानी सुचारु गर्न निर्देशानुसार आग्रह गरिएको छ ।’

यस्तै विज्ञप्ती मार्फत प्राधिकरणले आगामी दिनमा यस प्रकारका बिमा बजारमा भ्रम सिर्जना हुने तथा बिमाको विश्वसनीयतामा नै असर पर्ने खालका विज्ञप्ति एंव सूचना सम्प्रेषण नगर्न समेत आग्रह गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।