एसडिएफले अन्तर बैंकदर नबढेपछि निक्षेप संकलन उपकरण प्रयोग, औसत ब्याजदर ३ प्रतिशत

0
Shares

नेपाल राष्ट्र बैंकले अल्पकालिन ब्याजदरको उतारचढाव नियन्त्रणका लागि निक्षेप संकलन उपकरणको प्रयोग गरेको छ । स्थायी निक्षेप सुविधा मार्फत वित्तीय प्रणालीको तरलता र अन्तर बैंकदर व्यवस्थापन नभएपछि ३५ अर्बको निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।

आर्थिक गतिविधिमा आएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न सकेको छैन । कर्जाको माग नबढेको भएपनि रेमिट्यान्स आप्रबाहमा आएको सुधारका कारण निक्षेप भने बढीराखेको छ । वित्तीय प्रणालीमा निक्षेप बढेसंगै तरलता पनि बढी भएको छ । तरलता धेरै भएसंगै अन्तर बैंकदर समेत घटेको अवस्थामा छ ।

केन्द्रीय बैंकले तरलता र व्याजदर व्यवस्थापनका लागि विभिन्न वित्तीय औजार मार्फत अधिक तरलता खिच्ने गर्छ । साथै वित्तीय प्रणालीमा तरलता बढेपछि अन्तर बैंक घट्ने गर्छ । केन्द्रीय बैंकले अल्पकालिन ब्याजदरमा आउने उतारचढाव नियन्त्रणका लागि अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण जारी गर्छ । केन्द्रीय बैंकले निक्षेप संकलन जारी गरेर वित्तीय प्रणालीको अधिक तरलता खिच्नुका साथै अन्तर बैंकदर पनि बढाउछ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले अधिक तरलतालाई स्थायी निक्षेपको रुपमा ४ दिनका लागि केन्द्रीय बैंकमा राख्दै आएका छन । स्थायी निक्षेप सुविधा मार्फत अन्तर बैंकदर नबढेपछि केन्द्रीय बैंकले बिहीबार निक्षेप संकलन मार्फत पनि तरलता खिचेर अन्तर बैंकदर बढाउन खोजेको छ ।
बिहीबार केन्द्रीय बैंकले ३५ अर्बको १४ दिने अवधिको निक्षेप संकलन निष्कासन गरेकोमा १८ अर्ब ४५ करोड रुपैयाँ मात्र लिएको छ । केन्द्रीय बैंकलाई निक्षेप

दिन १३ संस्थाले ४३ वटा आवदन मार्फत २६ अर्ब ६५ करोडको माग आवेदन दिएका थिए । बैंक तथा वित्तीय संस्थाले ब्याजदर करीडोरको तल्लो सीमा (३ प्रतिशत) भन्दा धेरै ब्याज माग गरेपछि साढे १८ अर्ब बराबरको निक्षेप लिएको हो ।

बिहीबारको निक्षेप संकलनका लागि बैंक तथा वित्तीय संस्थाले अधिकतम ३ प्रतिशत र न्यूनतम २.७१ प्रतिशत माग गरेको केन्द्रीय बैंकले जनाएको छ । बिहीबारको निक्षेप संकलनको औसत ब्याजदर २.९५३६ प्रतिशत कायम भएको छ । यो औसत ब्याजदर गत चैत ९ गते निष्कासन भएको निक्षेप संकलनको भन्दा धेरै हो । चैत ९ गतेको निक्षेप संकलनको औसत ब्याजदर २.६१६५ प्रतिशत थियो ।

बिहीबारको निक्षेप संकलन पुरा बिक्री नहुनु तथा ब्याजदर बढ्नुमा बुधबारको स्मथायी निक्षेप सुविधाका कारणले पनि हो । बुधबार बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप मार्फत ६० अर्ब २० करोड रुपैयाँ केन्द्रीय बैंकमा राखेपछि तरलता घटेको हो । यो साताको दोस्रो दिन सोमबार वित्तीय प्रणालीमा एक खर्ब ३४ अर्ब ४५करोड रुपैयाँ तरलता थियो । बुधबार उक्त तरलता घटेर ५८ अर्ब ४२ करोडमा सीमीत भएको छ ।

बुधबार बैंकहरुले ६० अर्ब स्थायी निक्षेप राख्दा पनि अन्तर बैंक दर नबढेपछि बिहीबार ३५ अर्ब रुपैयाँ बरावरबको १४ दिन अवधिका निक्षेप संकलन जारी गरेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार बैंकहरुको अन्तर बैंक कारोबार दर २.७६ प्रतिशत रहेको छ । बिहीबारको निक्षेप संकलनको ब्याजदरमा देखिएको वृद्धिले अन्तर बैकदर बढाउने निश्चित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।