यूनाइटेड अजोड इन्स्योरेन्सले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले पृथी तिवारीको को नाममा रहेको एक लाख कित्ता र सृजना जोशीको नाममा कायम रहेको १९ हजार ८८२ गरी कुल १ लाख १९ हजार ८८२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ । सेयर खरिदको लागी संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकतामा राखिएको छ । संस्थापक सेयरधनीबाट उक्त कित्ता सेयर बिक्री नभएमा भने अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्रि गरिने बैंकले जनाएको छ ।

इच्छुक संस्थापकले आजको मितिदेखि ३५ दिन भित्र इन्स्योरेन्सको प्रधान कार्यालय सि.टि.सि मल सुन्धारा, काठमाण्डौंमासम्पर्क गर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।