चैतमा ११ अर्ब ५५ करोडको जीवन बीमा व्यवसाय, नयाँ व्यवसायको हिस्सा २४% माथि

0
Shares

जीवन बीमा कम्पनीहरुले फागुन महीनामा ११ अर्ब ५५ करोड १० लाख ८५ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय गरेका छन् । जसमध्ये नयाँ व्यवसायको हिस्सा २४.२१ प्रतिशत बराबर रहेको छ । अघिल्लो महीना फागुनमा ११ अर्ब ६५ करोड ८ लाख २७ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय भएको थियो ।

नेपाल बीमा प्राधिकरणका अनुसार चैत महीनामा संकलन भएको कुल बीमशुल्कमा नयाँ व्यवसाय वापत अर्थात २ अर्ब ७९ करोड ६६ लाख ६० हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको छ । चैतमा यसअघि नै बिक्री भैसकेको बीमालेखबाट ८ अर्ब ७५ करोड ४४ लाख २४ हजार रुपैयाँ (७५.७९%) संकलन भएको हो ।

प्राधिकरणको तथ्याङ्क अनुसार २०७९ चैतमा जीवन बीमा कम्पनीहरुले कुल ११ अर्ब ९५ लाख ७० हजार रुपैयाँ संकलन गरेका थिए । जसमध्ये प्रथम बीमाशुल्क वापत २ अर्ब ४८ करोड ८ लाख १६ हजार रुपैयाँ र नवीकरण बीमाशुल्क वापत ८ अर्ब ५२ करोड ८७ लाख ५४ हजार रुपैयाँ थियो । विसं २०७९ चैतको तुलनामा समग्रमा बीमशुल्क संकलन ४.९२% ले बढ्दा प्रथम बीमाशुल्क १२.७३% र नवकीकरण बीमाशुल्क २.६५% ले वृद्धि भएको हो ।

अघिल्लो महीना फागुनमा भने २ अर्ब ५५ करोड ५४ लाख ८९ हजार प्रथम बीमाशुल्क र ९ अर्ब ९ करोड ५३ लाख ३८ हजार रुपैयाँ नवीकरण गरी कुल ११ अर्ब ६५ करोड ८ लाख २७ रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । फागुनको तुलनामा चैतमा संकलित बीमाशुल्क रकम ०.८६% प्रतिशत कम हो ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३ अर्ब १५ करोड ३८ लाख ९९ हजार रुपैयाँ संकलन गरेको छ । चैतमा कम्पनीले ५६ करोड ८७ लाख ९५ हजार प्रथम बीमाशुल्क संकलन गर्दा २ अर्ब ५८ करोड ५१ लाख ४ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चैतमा ३७ करोड ४ लाख ४० हजार प्रथम बीमाशुल्क र नवीकरण बीमाशुल्क वापत ९६ करोड ८७ लाख ६८ हजार हजार रुपैयाँ गरी कुल १ अर्ब ३३ करोड ७२ लाख ८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले (एलआइसी नेपाल) ले कुल १ अर्ब २५ करोड ३१ लाख ५८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले १५ करोड ५४ लाख ६७ हजार प्रथम बीमाशुल्क र १ अर्ब ९ करोड ७६ लाख ९१ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो । बीमाशुल्क संकलनका आधारमा चैतमा हिमालयन लाइफ इन्स्योरेन्स चौथो स्थानमा छ । कम्पनीले यस महीनामा २५ करोड १० लाख ५६ हजार रुपैयाँ प्रथम बीमाशुल्क र ८९ करोड ९२ लाख ८८ हजार रुपैयाँ गरी कुल १ अर्ब १५ करोड ३ लाख ४४ हजार रुपैयाँ संकलन गरेको छ ।

यसैगरी बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार चैत महीनामा सूर्यज्योति लाइफ इन्स्योरेन्सले २१ करोड ८५ लाख २४ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ५९ करोड ९८ लाख ४९ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ८१ करोड ८३ लाख ७३ हजार रुपैयाँ संकलन गरेको छ । यसैगरी एशियन लाइफ इन्स्योरेन्सले कुल ६३ करोड ८ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । जसमध्ये १६ करोड ६५ लाख ६१ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ४६ करोड ४२ लाख ५४ हजार रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ ।

यस्तै सिटिजन लाइफ इन्स्योरेन्सको चैतमा संकलित बीमाशुल्क ५१ करोड ६५ लाख ७० हजार रहेको छ। चैतमा कम्पनीले १९ करोड ९२ लाख ८२ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ३१ करोड ७२ लाख ८८ हजार रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले चैतमा ११ करोड ५८ लाख ६० हजार रुपैयाँ प्रथम बीमा शुल्क र ३८ करोड ३६ लाख ७३ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ४९ करोड ९५ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ ।

साथै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०८० चैतमा २० करोड ३२ लाख ८८ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २६ करोड ९९ लाख ५४ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ४७ करोड ३२ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । आइएमई लाइफ इन्स्योरेन्सले १५ करोड ४४ लाख ७६ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ३१ करोड १ लाख ३३ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ४६ करोड ४६ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ ।

बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार रिलायबल नेपाल लाइफले १२ करोड २ लाख २ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २३ करोड ३ लाख ४२ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ३५ करोड ५ लाख ४३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । अर्को जीवन बीमक प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सले १० करोड ८ लाख ४३ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २४ करोड ४७ लाख २३ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ३४ करोड ५५ लाख ६७ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

चैतमा सन नेपाल लाइफले कुल ३१ करोड ८२ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । जसमध्ये १३ करोड ३६ लाख १७ हजार रुपैयाँ प्रथम बीमा शुल्क र १८ करोड ४६ लाख ८ हजार रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ ।

यस्तै चैतमा संकलित बीमाशुल्क मध्ये राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक बीमा संस्थान) ले सबैभन्दा कम संकलन गरेको छ । यस कम्पनीले चैतमा ३ करोड ८२ लाख ५० हजार रुपैयाँ प्रथम बीमाशुल्क र २० करोड ७ लाख ५० हजार रुपैयाँ नवीकरण बीमाशुल्क गरी कुल २३ करोड ९० लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो ।

चैतमा संकलित प्रथम बीमाशुल्कका आधारमा यस्तो छ क्रमगत विवरणः

चैत महीनामा जीवन बीमा कम्पनीहरुले २ अर्ब ७९ करोड ६६ लाख ६० हजार प्रथम बीमा शुल्क संकलन गरेका छन् । जुन यसअनुसार रहेको छ ।

  1. नेपाल लाइफः ५६ करोड ८७ लाख ९५ हजार रुपैयाँ
  2. नेशनल लाइफ इन्स्योरेन्सः ३७ करोड ४ लाख ४० हजार रुपैयाँ
  3. हिमालयन लाइफ इन्स्योरेन्सः २५ करोड १० लाख ५६ हजार रुपैयाँ
  4. सूर्यज्योति लाइफ इन्स्योरेन्सः २१ करोड ८५ लाख २४ हजार रुपैयाँ
  5. सानिमा रिलायन्स लाइफः २० करोड ३२ लाख ८८ हजार रुपैयाँ
  6. सिटिजन लाइफः १९ करोड ९२ लाख ८२ हजार रुपैयाँ
  7. एशियन लाइफः १६ करोड ६५ लाख ६१ हजार रुपैयाँ
  8. लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालः १५ करोड ५४ लाख ६७ हजार रुपैयाँ
  9. आइएमई लाइफ इन्स्योरेन्सः १५ करोड ४४ लाख ७६ हजार रुपैयाँ
  10. सन नेपाल लाइफः १३ करोड ३६ लाख १७ हजार रुपैयाँ
  11. रिलायबल नेपाल लाइफः १२ करोड २ लाख २ हजार रुपैयाँ
  12. मेट लाइफः ११ करोड ५८ लाख ६० हजार रुपैयाँ
  13. प्रभु महालक्ष्मी लाइफः १० करोड ८ लाख ४३ हजार रुपैयाँ
  14. राष्ट्रिय जीवन बीमा कम्पनीः ३ करोड ८२ लाख ५० हजार रुपैयाँ

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।