पुवाखोला–वान हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै

0
Shares

पुवाखोला–वान हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित बैशाख १५ गते शनिबार साधारण सभा बोलाएको छ ।

कम्पनीले उक्त दिन बिहान ११ बजे केन्द्रीय कार्यालयबाट भौतिक उपस्थिती तथा अनलाईन माध्यम मार्फत सभा बोलाएको छ । सभाबाट कम्पनीले सर्वसाधारणका लागि प्रति सेयर १०० रूपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण सेयर निष्कासनको प्रस्ताव पारित गर्ने तयारी गरेको हो ।

सभाका विशेष प्रस्तावहरूमा कम्पनिको सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि कम्पनीको तर्फबाट अख्तियारीनामा दिने, कम्पनीको प्रबन्धपत्रमा संसोधन, नयाँ परियोजनामा लगानी गर्ने सम्बन्धमा छलफल भई पारित हुनेछ ।

आईपीओ निष्कासन गर्न कम्पनीले यसअघि नै लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।  पुवाखोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।