सुनको मुल्य सातामा २१ सय घट्यो, मध्यपूर्वमा द्धन्द चर्कनसक्ने प्रक्षेपणसँगै मुल्य आकाशिने अनुमान


यो साता सुनको मुल्यमा अस्थिरता देखिएको छ । साताका अधिकांस दिन घटेको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार भने अघिल्ला दिनहरुको तुलनामा पुनः बढेको छ ।

मध्यपूर्वी देशहरुमा द्धन्द चर्कन सक्ने संभावना बढ्दै जाँदा सुनको मुल्यमा चाप परेकोले मुल्यले आगामी दिनमा पुनः रेकर्ड कायम गर्न सक्ने बिश्लेषण बिश्लेषकहरुले गरेका छन् ।

नेपाली बजारमा पनि यो साता सुनको मुल्य अस्थिर रह्यो । साताको पहिलो दिनको तुलनामा दोस्रो दिन शोमबार र तेस्रो दिन मंगलबार घटेको मुल्य चौथो दिन बुधबार सामान्य बढेर पाँचौ दिन बिहिबार केही घटेको थियो ।

तर अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै साताको पछिल्लो दिन शुक्राबार भने फेरी बढेर प्रतितोला १ लाख ३७ हजार २ सय कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लोकारोबार भएको दिन शुक्रबार प्रतितोला २ हजार १ सय रुपैयाँले कम हो । छापावाला सुनको मुल्य साताको पहिलो कारोबार दिन आइतबार १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्यमा पनि कमी आएको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ७४० रुपैयाँ रहेको मुल्य अन्तिम दिन शुक्रबार प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँ कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।