देशभरकै विपन्नको उपचार काठमाण्डौं महानगरले गर्ने बालेनको घोषणा


काठमाडौँ महानगरले जुनसुकै पालिकाका अर्थात देशभर कै गरिव तथा असहायको निःशुल्क उपचार गर्ने भएको छ ।

काठमाण्डौं महानगरपलिकाका प्रमुख बलेन्द्र शाह (बलेन) ले आज सामाजिक सञ्जालमा पोष्ट गर्दै सम्बन्धित वडाको सिफारिस लिएर आएमा जुनसुकै पालिकाका गरिव तथा असहायको निःशुल्क उपचार गरिने जानकारी दिएका हुन् ।

उनले महानगरसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध रहेको जानकारी दिएका छन् । उपचारको लागि स्थापनय तहबाट असहायको सिफारिस लिएर आउनु पर्ने उनको भनाइ छ ।

प्रमुख शाहले भने, ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’

यस्तै, प्रमुख शाहले निःशुल्क उपचारबारे थप जानकारी चाहिएमा, काठमाडौँ महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न सकिने बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।