सुनको भाउ तोलाको ४ सय रुपैयाँ बढ्यो


साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३३७ दशमलव ९३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर १८ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।