सरकारी पहलहरूका साथ नेपाली प्रयोगकर्ताप्रतिको प्रतिबद्धता बलियो बनाउँदै राकुटेन भाइबर


राकुटेन भाइबरले सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न नेपाल सरकारका विभिन्न निकायहरूसँग साझेदारी गर्ने भएको छ। नागरिकहरूलाई महत्त्वपूर्ण जानकारी तथा आधिकारिक सूचनाहरू प्रदान गर्ने र समुदायको सहभागिता बढाउन नागरिकहरूलाई अन्तरक्रियात्मक अभियानहरूमा संलग्न गराउने उद्देश्यले साझेदारी गर्ने भएको हो ।

यस पहलको एक अङ्गको रूपमा राकुटेन भाइबरले प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सार्वजनिक सूचनाहरुमा प्रत्यक्ष पहुँच प्रदान गर्ने समर्पित च्यानलहरूको ठूलो सङ्ख्या प्रस्तुत गर्नेछ। यी च्यानलहरूले नागरिकहरूलाई सरकारका पहल, नीति र सार्वजनिक कार्यक्रमहरूका बारेमा जानकारी गराउनको लागि केन्द्रीकृत हबको रूपमा काम गर्नेछन्।

यसबाहेक राकुटेन भाइबरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग “स्वास्थ्य सूचना”अभियान सुरु गर्न बलियो साझेदारी स्थापना गरेको छ। स्वास्थ्य सूचना पहलको एक अंशको रूपमा, आम जनताले आधिकारिक दिशानिर्देशहरू र विश्वसनीय स्रोतहरूबाट प्रत्यक्ष रूपमा प्राप्त हुने अन्य महत्वपूर्ण जानकारी, सहित सही र समयमै स्वास्थ्य सम्बन्धी विविध सामग्रीमा पहुँच पाउनेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।