नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


विशाल ग्रुप लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ११ लाख कित्ता सेयर प्रति कित्ता न्यूनतम मूल्य २८० रुपैयाँ तोकि बिक्री खुला गरेको हो ।

संस्थापक सेयरमा आजदेखि बैशाख २६ गतेसम्म बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन दिन सकिने छ ।

शेयर खरिदको लागि न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको हुँदा उक्त मुल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नु पर्ने छ ।

अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम २ लाख कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।