लाइफ इन्स्योरेन्स कर्पोरेशनले लाभांश वितरण नगर्ने


लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

इन्स्योरेन्सले उक्त निर्णय स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरण पठाएको छ । वैशाख १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।