एभरेष्ट बैंकद्वारा कपिलवस्तुको पकडीमा चौथो एक्स्टेन्सन काउन्टर सञ्चालन


एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. १, पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी चौथो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

उक्त एक्स्टेन्सन काउन्टरको लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य मधुसुदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लव प्रसाद कुइकेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

बैंकका प्रादेशिक प्रबन्धक कुइकेलले बैंकहरु विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराइने प्रतिवद्दता व्यक्त गरे ।

पंजाब नेशनल बैंक भारतसंग सहकार्य गरेको बैंकले भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने र बैंकिङ्ग क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरुका साथै स्थानीय बासिन्दालाई बैंकिङ्ग कारोबारमा थप सहज हुने उनको भनाई थियो ।

पकडी क्षेत्रका सर्वसाधरणहरुले उक्त एक्स्टेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाको लागि १०० रुपैयाँ न्युनतम मौज्दातमा साधारण बचत खाता खोल्न सक्नेछन् । यसैगरी २ हजार ५०० रुपैयाँ मौज्दातमा चल्ती खाता, शुन्य मौन्दातमा तलबी खाता, १ हजार २५० रुपैयाँ मौन्दातमा नारी बचत खाता र पहिलो पटक डेबिट कार्ड, एसएमएस अलर्ट र मोबाईब बैंकिङ्ग सेवा पहिलो पटक निःशुल्क रुपमा पाउने विज्ञप्तिमा उल्लेख छ ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको बैंकले १४ लाख बढीलाई १२८ शाखा, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ स्थानमा एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।