अमेरिकी डलर, युरो लगायतको भाउ घट्यो, कुन देशको मुद्राको विनिमय दर कति ?


बुधबार अमेरिकी डलरको भाउ घटेको छ । बुधबार अमेरिकी डलरको भाउ खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसामा कारोबार भइरहेको छ । मंगलबार अमेरिकी डलरको भाउ खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोको खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४७ पैसा रहेको छ । मंगलबार युरोको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसा रहेको थियो ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मंगलबार कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको थियो ।

यसैगरी, बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १० पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९६ पैसा र बिक्री दर ८७ रुपैयाँ ३५ पैसा रहेको छ ।

बुधबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९१ पैसा र बिक्री दर २८ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५१ पैसा र बिक्री दर ३५ रुपैयाँ ६७ पैसा रहेको छ । बुधबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६९ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।