गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच सवारी कर्जा प्रवाह गर्ने सम्झौता


गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक) बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकलाई गरिमा विकास बैंकले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौता-पत्रमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बि. राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट ग्राहकहरुले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंक लिमिटेडबाट आधार दरमा नै अधिकतमा १२ वर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन्।

ग्राहकहरूले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्राण्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन्। सम्झौता पश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा।लि। ले गरिमा विकास बैंक लिमिटेडलाई बैंकिङ पार्टनरको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।