बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?


बिहीबार अमेरिकी डलरको भाउ खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसामा कारोबार भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २० पैसा र बिक्री दर १६६ रुपैयाँ ९५ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३१ पैसा र बिक्री दर ८६ रुपैयाँ ७० पैसा रहेको छ ।

बिहीबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९१ पैसा र बिक्री दर २८ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५१ पैसा र बिक्री दर ३५ रुपैयाँ ६७ पैसा रहेको छ । बिहीबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६५ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।