नेपाल फाईनान्सको ११ लाख कित्ता हकप्रद संस्थापक शेयर बिक्रीमा


नेपाल फाईनान्स लिमिटेडले हकप्रद संस्थापक शेयर लिलामीमा बिक्रीमा ल्याएको छ । कम्पनीले १० लाख ९४ हजार ४७१.१८७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, नेपाल फाईनान्स लिमिटेडको केन्द्रिय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयहरु , प्रभु बैंक लिमिटेडको विराटनगर, विरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन् ।

इच्छुक लगानीकर्ताले जेठ ३ गतेसम्म आवेदन दिन सक्ने छन् । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ ।

बोलपत्रदाताले बोलपत्र पेश गर्दा संस्थापक शेयरको लागि न्यूनतम एक हजार कित्ता वा सो भन्दा बढि १० अंकले भाग जानेगरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । तर शेयर खरिद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सिमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नुपर्नेछ ।

संस्थापक समूहको हकमा समान मूल्य बोलकबोल भएमा पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई दिइने छ र सोही अनुसार बाँडफाँड गरिन कम्पनीले जनाएको छ । बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कबोल गरेको शेयर संख्या वा रकममा कुनै हेरफेर गर्न वा बोलपत्र फिर्ता लिन नपाइने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।