आइएमई लाइफले ३४.५० प्रतिशत लाभांश दिने


आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष (२०७९\८०) को मुनाफाबाट सेयरधनीहरुलाई ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको १९२ औं बैठकले सेयरधनीहरुलाई चुक्ता पुँजीको २५ प्रतिशतले हुने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजन सहित ९.५० प्रतिशतले हुने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश गरी कुल ३४.५० प्रतिशत () लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित यो बोनस सेयर र नगद लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।  आगामी साधारण सभाबाट पारित भए पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।