सिंगटी हाईड्रो इर्नर्जीको हकप्रद नेप्सेमा सूचीकृत


सिंगटी हाईड्रो इर्नर्जीको हकप्रद सेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पानीले जारी गरेको चुक्ता पूँजीको शतप्रतिशतले हुन आउने १ करोड ४५ लाख हकप्रद सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म हकप्रद सेयर जारी गरेको थियो । उक्त हकप्रद आज सूचीकृत भएको हो । बिहीबार नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयरधनीको डिम्याट खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

हकप्रद निष्काशनका लागि कम्पनीले पुस २२ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिएका थिए ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।