सुनको मूल्य एकैदिन ११ सय रुपैयाँ घट्यो, शुक्रबारको भाउ कति ?


शुक्रबार छापावाला सुनको भाउ एकैदिन प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ । बिहीबार २ हजार रुपैयाँले बढेको सुनको भाउ शुक्रबार ११ सय रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३०६ दशमलव २४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६ डलर ७२ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।