नेपालबाट जापानको राजधानी टोकियो सिधा उडानले पर्यटक आवागमनमा सकारात्मक प्रभाव


नेपालबाट जापानको राजधानी टोकियो सिधा उडान भइरहेकाले पर्यटक आवागमनमा सकारात्मक प्रभाव परेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले नेपालबाट जापानमा हवाई उडान सङ्ख्या बढाएको खण्डमा आगामी दिनमा उल्लेख्य सङ्ख्यामा जापानी नागरिक नेपाल आउने विश्वास व्यक्त गरे ।

अध्ययन र रोजगारीको सिलसिलामा रहेका नेपालीको नेपाल आगमन सहज हुने भएकाले दुईतर्फी आवागमन बढ्नका साथै आर्थिक सामाजिक विकासमा योगदान पुग्ने निर्देशक लामिछानेको भनाइ छ ।

बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय २३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सोही वर्ष जापानबाट कूल १६ हजार चार सय ६३ नेपाल भ्रमणमा आएका छन् । सन् २०२२ मा पाँच हजार सात सय १४ जापानी नागरिक नेपाल आएका थिए । सबैभन्दा बढी सन् २०१९ मा सबैभन्दा बढी ३० हजार पाँच सय ३५ जापानी नागरिकले नेपाल भ्रमण गरेका छन् । त्यसअघि सन् २०१८ मा २९ हजार आज सय १७ र सन् २०१७ मा २७ हजार तीन सय २६ जापानी नेपाल भ्रमणमा आएका थिए ।

जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाल एयरलाइन्सले जापानमा नियमित उडान गरेर भौगोलिक दू्री कम गर्दै सम्पर्क विस्तारमा सेतुको काम गरेको बताए । उनले दुई देशबीचको सम्बन्ध विस्तारमा जापानमा रहेको नेपाली समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गरे । जापानका परराष्ट्रमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ तुल्याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले नेपाल एयरलाइन्सले जापानमा सिधा हवाई उडान गरेर नजिकको सम्बन्ध स्थापित गर्न मद्दत पुगेको बताए । “नेपालीहरु जापानमा रोजगार तथा अध्ययनका लागि जाने गरेका छन् । जापानी नागरिक पनि विभिन्न प्रयोजनका लागि नेपाल आउने गर्छन्”, उनले भने,“नेपाल एयरलाइन्सले जापानमा साताको तीन उडान नियमित रुपमा गरिरहेको छ, त्यो भनेको नेपाल र जापानको सम्बन्धलाई प्राथमिकता दिएको हो । हामी भौतिक रुपमा टाढा भए पनि हवाई सम्पर्क सञ्जालले दुई देशबीचको दूरी कम भएको र सम्बन्ध नयाँ उचाइमा पु¥याएको छ ।”

नेपालबाट जापानमा सिधा हवाई उडानले दुई देशबीचको दूरीलाई नजिक बनाएको हो । राष्ट्रिय ध्वजाबाहक विमान नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानमा नियमित उडान गरेर जापानसँग नजिकको सम्बन्धलाई थप प्रगाढ बनाएको छ । 

नेपाल र जापानबीचको हवाई सम्बन्ध

नेपाल र जापानबीच दुई मुलुकबीच सन् १९९३ मा हवाई सम्झौता भएको थियो । त्यसको २५ वर्षपछि सन् २०१८ मा हवाई सेवा सम्झौता ९एएसए० पुनरावलोकन भएको थियो । हवाई सम्झौतासँगै दुई मुलुकबीच सातामा १४ वटासम्म उडान गर्न पाउछन् । त्यसअघि सातामा दुई वटामात्रै उडान गर्न पाउने सम्झौता थियो । यसअघि अक्टोबर ३० सन् १९९४ निगमले ओसाका उडान सुरु गरेको थियो । जुन उडान काठमाडौँ र चीनको साङ्घाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो ।

नेपाल एयरलाइन्सले विस २०७६ भदौ १२ गतेदेखि जापानको ओसाकामा सिधा उडान सुरु गरेको हो । त्यसको सात महिनापछि अर्थात विस २०७६ फागुन १९ गतेदेखि जापानको नारितामा साताको तीन दिन सिधा उडान प्रारम्भ भयो । निगमको वाईडबडी एयरबस ३३० जहाजमार्फत जापानमा उडान जारी छ । नारिता विमानस्थल राजधानी टोकियो नजिक पर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।