सोमबार अमेरिकी डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको भाउ कति ?


सोमबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसामा कारोबार भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०९ पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसामा कारोबार भइरहेको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०३ पैसा र बिक्री दर ८८ रुपैयाँ ४३ पैसा रहेको छ । सोमबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १० पैसा र बिक्री दर २८ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५१ पैसा र बिक्री दर ३५ रुपैयाँ ६७ पैसा रहेको छ । सोमबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८६ पैसा छ ।

सोमबार कुन विदेशी मुद्राको भाउ कति ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।