एभरेष्ट बैंकको बीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय आफ्नै भवनमा


एभरेष्ट बैंकले मधेश प्रदेशको प्रादेशिक कार्यालय तथा बीरगञ्ज शाखा आफ्नै भवनमा सञ्चालन गरेको छ । आइतबार एक कार्यक्रमका बिच बीरगञ्ज महानगरपालिका वडा नं. १०, आदर्शनगरमा रहेको एभरेष्ट बैंकले सोही नगरको ४ नम्बर वडास्थित आदर्शनगरमा नवनिनिर्मित भवनमा कार्यालय स्थानान्तरण गरेको हो ।

बीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय आफ्नै भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको बैंकले जनाएको छ ।

उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा बीरगञ्ज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्प राज उप्रेतीले नव निर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताए ।

पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको बैंकले १४ लाख सेवाग्राहीलाई १२८ शाखा, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६४ ए.टि.एम् तथा मोबाइल, इन्टरनेट र एस्.एम् एस् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।