चिलिमे जलविद्युत आयोजनाको ११% ले घट्यो खुद मुनाफा

0
Shares

कुनैबेला हाइड्रो किङ को उपनाम कमाएको चिलिमे जलविद्युत कम्पनीको प्रगति पछिल्लो समय खस्कन थालेको छ । विद्युत बिक्री आम्दानी र वित्तीय आम्दानी घटेपछि कम्पनीको खुद नाफा घटेको हो ।

चालु आर्थिक वर्षको तैस्रो त्रैमाससम्म हाइड्रोपावर कम्पनीको नाफा १०.९७ प्रतिशतले घटेको छ। गत आवको यसै अवधिमा ५२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले अहिले ४७ करोड ९ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको नाफा घटेको छ । चालु आवको ९ महीनासम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ७८ करोड २५ लाख ६ हजार रुपैयाँ छ । गत आवको तेस्रो त्रैमाससम्म ८० करोड ४२ लाख रुपैयाँ रहेकोमा २.७० प्रतिशत घटेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पुँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार रुपैयाँ र सञ्चित मुनाफा २ अर्ब ६२ करोड ९५ लाख १६ हजार रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८६ पैसा, प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात ५८.३१ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।