राष्ट्र बैंकमा जागिरका लागि परीक्षा दिएकाहरुको पहिलो चरणको नतिजा सार्वजनिक


लोकसेवा आयोगले नेपाल राष्ट्र बैंकमा प्रवेश गर्नका लागि परीक्षा दिएकाहरुको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकको प्रशासनतर्फ अधिकृत तृतीय श्रेणीमा सहायक निर्देशक पदका लागि लोकसेवा आयोगले बैशाख ७ गते लिएको लिखित परीक्षामा उत्तीर्ण भएकाहरुको पहिलो चरणको नतिजा सोमबार सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

परीक्षामा सहभागी मध्ये १ हजार ४६० जना पहिलो चरणको परीक्षामा उत्तीर्ण भई दोस्रो चरणको परीक्षाका लागि योग्य भएको आयोगले जनाएको छ । रोल नम्बर १ देखि ३ हजार ७८५ सम्मका १ हजार ४६० उम्मेदवारहरु पहिलो चरणको परीक्षामा उत्तीर्ण भएको आयोगले जनाएको हो ।

पहिलो चरणको परीक्षा उत्तीर्ण गर्नेहरुको सूची :