सुर्यकुण्ड हाइड्रोइलेक्ट्रिक कम्पनीलाई प्राथमिक सेयर निष्काशनको पूर्व स्वीकृति


सुर्यकुण्ड हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडलाई विद्युत नियमन आयोगले प्राथमिक सेयर निष्काशन गर्नका लागि पूर्व स्वीकृति प्रदान गरेको छ ।

कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न लागेको हो । प्राथमिक शेयर निष्काशनका लागि कम्पनी र कुमारी क्यापिटल बिच सम्मmौता सम्पन्न भई काम अघि बढेको छ ।

शेयरको प्रत्याभूतिको कार्य नेपाल एस.वि.आई क्यापिटलबाट हुनेछ । कम्पनीले ११ मेगावाट क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

कुमारी बैंकको अगुवाईमा नेपाल एस.वि.आई बैंकसँगको सहवित्तिय कर्जाबाट आयोजनाको निर्माण कार्य भईरहेको छ । आयोजनाको करिव ७० प्रतिशत कार्य सम्पन्न भएको छ । नुवाकोटको दुप्चेश्वर गाऊँपालिकामा तादि खोलामा यो आयोजनाको निर्माण कार्य भईहरेको छ ।

कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत शेयर लगानी रहेको र आयोजना निर्माण पश्चात अपि पावर कम्पनीका शेयरधनिहरुलाई थप मुनाफा दिने कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए । आयोजनाको निर्माण २०८१ माघ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको न्यौपानेले बताए ।

आयोजनाबाट उत्पादित विद्युत ८ किलोमिटर लामो ३३ के.भि. ट्रान्सिमिसन लाईनबाट नेपाल विद्युत प्राधिकरणको समुन्द्रटार सवस्टेशनमा जडान गरि काठमाण्डौका लागि अमm भरपर्दो विद्युत प्रदान गरिने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।